Chaurasiya Samaj Nepal

चौरसिया समाज नेपाल

बरई जातिको पहिचान र नेपालमा अवस्था
Chaurasiya Samaj Nepal
Wednesday, July 22, 2026
https://www.chaurasiyasamaj.org.np/2026/07/safsdf.html

परिचय

बरई वा चौरसिया जाति नेपालको मधेश तराईमा बसोवास गर्ने एउटा जाति समूह हो । बरई जातिको वसोवास नेपालको मधेश, लुम्बिनी, कोशी, बागमती प्रदेशमा बढी रहेको छ । बरई जातिका घरपरिवारहरुमा धेरै थरिका उपथरहरु लेख्ने गरेको पाईन्छ जस्तै चौरसिया। बरई, भगत, राउत, बर्मा, जैसवाल, शर्मा, तमोली, नाग ईत्यादि रहेका छन् । “चौरसिया” थर नेपाल र भारतमा समेत बढी अंगीकार तथा प्रचलित रहेको छ । नेपालको सन २०११ र २०२१ को जनगणनाको प्रतिवेदनमा विभिन्न जातिहरुको वर्गीकरणमा “बरई ९द्यब्च्ब्भ्भ्०” जातिलाई पनि समावेश गरिएको छ । यो जाति मधेशी समुदायको अन्य जाति (इत्ज्भ्च् ऋब्क्त्भ् न्च्इग्ए) अन्र्तगत पर्दछ । नेपालमा बरईको जनसंख्या करीब ६८,०११ (०.२३ प्रतिशत) रहेको देखिन्छ (नेपालको जनगणना तथा घरधुरी सर्वेक्षण २०७८) । बरई वा चौरसिया जातिको बसोबास नेपालमा तराईको सम्पूर्ण जिल्लाहरुमा रहेको भएतापनि, पर्सा, बारा, रुपन्देही, कपिलबस्तु, बांके, बर्दिया, मोरङ, सप्तरी, महोतरी र रौतहटमा उल्लेख्यनी रुपमा रहेको छ । 


बरई जातिको ऐतिहासिक उत्पत्ति 

रसेल तथा हिरालालले सन् १९१६ मा गरेको अध्ययन अनुसार, बरई जाति ब्राह्मण जातिबाट बनेको एउटा जाति भनेर उल्ल्ेख गरेका छन् । पौराणिक दन्त कथा अनुसार, एक पटक “चौरासी पूजा” को आयोजना गरिएको थियो । जसमा चौरासी हजार ऋषि मुनिहरुलाई निम्तो गरिएको थियो । पूजाको विधि विधान तथा भोजन ग्रहण कार्य सिद्धिएपछि, अतिथिहरुको सत्कारको लागि घरमूलीले कान्छो भाईलाई,‘ तम्बूल’ अर्थात पानको ब्यवश्था गर्न भने । कान्छो भाई, नजिकको जङ्गलमा गई, चाहिने मात्रामा पानको पात  खोजेर ल्याए । तर पान लिएर आउँदासम्म धेरै ढिलो भईसकेको थियो र अतिथिहरु पान सेवन नगरिकनै, आ–आपm्नो घरतिर प्रस्थान गरिसकेका थिए । अतिथिहरुलाई पान खुवाउन नसकी वचन पूरा गर्न नसकेकोमा घरमूली साह्रै दुःखी र रीसमा थिए । तसर्थ घरपरिवारको सामूहिक भेला गरी, कान्छो भाईलाई कार्वाही स्वरुप, जनै खोसेर, ब्राह्मण वर्णबाट निकासा गर्ने र तिनलाई सधैं पानको खेती गर्नुपर्ने सजाय तोके । यसरी पानको “वृत्ति” अर्थात ब्यवशाय गर्ने समूहको रुपमा वृत्ति शब्दबाट “बरई” जातिको उत्पत्ति भएको मान्यता रहेको पाईन्छ । यसको साथै “चौरासी” पूजनको दिनबाट छुट्टिएको भएर कालान्तरमा केहीले “चौरसिया” उपनाम “थर” लेख्ने थालेको बताईन्छ । पानलाई संस्कृतमा “तम्बूल” भनिन्छ । तसर्थ तम्बूलको खेती र ब्यवशाय गर्ने जातिको रुपमा, केही समूले तमोली भन्ने शब्दलाई जातिगत चिनारीको रुपमा अवलम्बन गरेको पाईन्छ । ऐतिहासिक पृष्ठभूमि, रहन सहन तथा बैचारिक आधारमा धेरैजसो “बरई” जातिका मानिसहरु शाकाहारी हुने तथा भतिm भावतिर अभ्यस्त रहेको हुंदा “भगत” भन्ने थर वा उपनाम प्रचलित भएको पाईन्छ । पानको बोट सर्प जस्तै बेर्दैमाथि चढने र यसको पात नागको–फन जस्तो आकृति दिन्छ । साथै पानको प्रारम्भिक खेती गरिने ठाउँमा नागको वास पाईने भएर, यस जातिका मानिसहरु नागको पूजा गर्ने प्रचलनको विकास भएको विश्वास पनि रहेको छ । यसरी केही समूहले “नाग वा नागबंशी” उपनाम अवलम्बन गरेको पाईन्छ । यस वाहेक विभिन्न गोत्र, ठाउँ विशेष तथा समय परिस्थिति अनुसार विभिन्न क्षेत्रमा विभिन्न थर वा उपनामहरुको प्रचलन आएको पाईन्छ । जसमा “चौरसिया” भन्ने थरको प्रयोग सबै गोत्र र क्षेत्रमा खास गरी नयाँ पूस्तामा बढ्दै गएको पाईन्छ । 

बरई वा चौरसिया जाति अन्र्तगतका केही प्रसिद्ध ब्यतित्वहरु 

अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त ब्यतिmत्यहरु मध्ये पण्डित हरिशंकर चौरसिया (वाँसुरी वादक) । त्यस्तै, नेपालमा उच्च ओहदा तथा जिम्मेवारीमा पुगेका ब्यतिmत्वहरु मध्ये श्री अजय कुमार चौरसिया, माननीय कानून, न्याय तथा संघीय मामिला मन्त्रालय, मन्त्री, स्व. श्री पृथ्वीचन्द चौरसिया, निर्देशक कृषि विभाग, रहेका छन् । त्यस्तै युवा कलाकारहरुमा, श्री कामेश्वर चौरसिया (हास्य कलाकार तथा नायक, नेपाल) लगायतका छन् । 

भाषा, धर्म तथा रितिरिवाज

बरईहरुको मूख्य भाषा–ईण्डो आर्यन भाषा हो । यस जातिका मानिसहरु नेपालको पूर्वी मधेश तराईमा मैथिली, मधेश तथा  लुम्बिनी प्रदेशमा भोजपुरी र अवधि भाषा बोल्दछन् । काठमाण्डौंमा बसोवास गर्ने केही चौरसिया परिवारहरु नेपाली तथा नेवारी भाषा पनि अवलम्बन गरेको पनि पाईन्छ । नेपालमा हिंदी र नेपाली भाषा चौरसियाहरुको प्रमुख सम्पर्क भाषाको रुपमा रहेको छ ।

चौरसियाहरु आधारभूत रुपमा हिंदू धर्मावलम्बी हुन् । नेपालमा बसोवास गर्ने बरईहरु मध्ये ९९.९ प्रतिशत हिंदू धर्मावलम्बी रहेका छन् । धेरै जसो चौरसिया ÷बरईहरुको कुल देवता “नाग” हुन । “शोखा बाबा” शिवजीको प्रतिरुपको रुपमा रहेको मानिन्छ । शोखा बाबा पूजाको लागि घरको कोठाको एउटा कुनामा माटोको ढिस्कोको “स्थान” बनाईन्छ र वार्षिक रुपमा उही स्थानमा विधि विधान सहित पूजा गरिन्छ । ठाउँ विशेष अनुसार अन्य हिंदू देवताहरु जस्तै कालीमाई, चण्डीमाई, कोटहीमाई तथा समयमाईको समेत पूजाआजा गरिन्छ ।

बाल विवाह तथा दहेज प्रथा

खासगरी ग्रामीण भेकमा, शिक्षा र चेतनाको अभाव, गरीबी र सामाजिक प्रचलनको आडमा यस्ता कुरीतिहरु कायम रहेको पाईन्छ । तर हालका दिनहरुमा महिला शिक्षा तथा सामाजिक चेतनास्तर वृद्धि हुदै जादा वालविवाह र दहेज प्रथा घटिरहेको छ । चौरसिया समाज नेपालको प्रमुख प्रतिवद्धता, दहेजमुतm समाजको स्थापना रहेको छ । चौरसिया समाज नेपालले आफ्नो कार्यक्रमहरुमा नियमित रुपमा वालविवाह तथा दहेज प्रथा उन्मूलनको लागि विभिन्न किसिमका चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  

संगठन तथा सामाजिक प्रतिनिधित्व

चौरसिया समाज नेपाल नामक संस्था, काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा समेत मिति २०७२ सालमा दर्ता भएको छ (चौरसिया समाज नेपालको विधान २०७२) । यस संस्थाले वार्षिक रुपमा विभिन्न किसिमका सामाजिक सेवा मूलक कार्यक्रमहरु गर्दै आएको छ । जस्तै रतmदान कार्यक्रम, परिवारिक भेटघाट तथा नागपूजा आदि । यस संस्थामा हालसम्म काठमाण्डौमा बसोबास गरिरहेका, करीब २०० घरपरिवार प्रत्यक्ष रुपमा संगठित भई सकेका छन् । 

बरई जातिका सदस्यहरु नेपालको तराईमा लगभग सबै राजनैतिक दलहरुमा स्थानीय वा प्रदेश तहमा र केही केन्द्रिय तहमा सक्रिय रहेको पाईन्छ । तापनि ब्यापारिक संगठन, ब्यावशायिक संगठन तथा खेलकूदमा न्यून सहभागितक रहेको पाईन्छ ।  संगठनात्मक हिसाबले यो जातिको न्युन समावेशीकरण, रहेको भएता पनि, नेपालमा हालका दिनहरुमा जिल्ला तथा केन्द्रीय स्तरका राजनैतिक वा गैर राजनैतिक संगठनहरुमा यस जातिको सहभागिता बढिरहेको पाईन्छ । हालको स्थानीय सरकारमा रुपन्देही जिल्लाको, मर्चवारी गाउँ पालिकाका अध्यक्ष श्री गया प्रसाद बरई, यसै जातिका हुन् ।